शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

उपत्यकाबाट चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

image

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएका व्यक्तिको निवेदनका आधारमा खोजी गर्दा उक्त मोटरसाइकल तथा स्कुटर फेला परेको जानकारी दिनुभयो ।

उहाँले मोटरसाइकल पार्किङ गर्दा ध्यान दिनसमेत सम्पूर्ण चालकलाई आग्रह गर्नुभयो । चालू आर्थिक वर्षमा उपत्यकाबाट दुई सय २१ मोटरसाइकल तथा स्कुटर हराएको निवेदन कार्यालयमा परेको छ । निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजी गर्दा एक सय एक सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको प्रवक्ता भट्टले बताउनुभयो । चालू आवमै मोटरसाइकल तथा स्कुटर चोरी गर्ने नौ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र विभिन्न वृत्तमा पठाइएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार