बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

नेपाल भुटानसँग २-० गोल अन्तरले पराजित

image

एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनस्थित शेख अलि बिन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल भुटानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

भुटानको जितका लागि सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरेका थिए । खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा एक एक गोल गर्‍यो ।

यो जितसँगै भुटानले ३ अंक जोडेको छ । नेपालले भने पहिलो खेलमै हार बेहोर्दै प्रतियोगिताको शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेल भोली कतारसँग खेल्नेछ ।

यस्तै बिहिबार बहराइनसँग र अन्तिम खेल नेपालले बंगलादेशसँग अर्को आइतबार खेल्ने तालिका छ । नेपाल छनोट समूहको बी मा छ । जसमा नेपालको समूहमा भूटानसँगै कतार,बहराइन र बंगलादेश रहेका छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउन पाउनेछन् ।-

सम्बन्धित समाचार