बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

रानी एलिजाबेथ द्वितीयलाई दिईयो अन्तिम विदाई ,रानीलाई पति प्रिन्स फिलिपको छेउमा गाडियो

image

सोमबार रानी एलिजाबेथ द्वितीयलाई अन्तिम विदाईमा, उनको कफिन विन्डसर क्यासलको सेन्ट जर्जको चैपलको शाही भल्टमा तल राखिएको थियो। रानीलाई उनको पति, प्रिन्स फिलिपको छेउमा गाडिएको थियो। यस क्रममा बेलायती राजपरिवारका सबैभन्दा वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले ‘राजदण्ड’ तोड्ने विधि पूरा गरे। शाही परिवार र सयौं मानिसहरूले स्वर्गीय रानीलाई अन्तिम श्रद्धाञ्जली दिए। बेलायतको घरेलु गुप्तचर सेवा ‘एमआई५’ का पूर्व प्रमुख एन्ड्रयु पार्करले ‘सेतो राजदण्ड’ तोडेर महारानीको कफिनमा राखे । यो अनुष्ठानले राजतन्त्रमा उनको सेवाको अन्त्यलाई चिन्ह लगाउँछ।

७० वर्षदेखि राजगद्दीमा बसेकी महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा बालमोरल क्यासलस्थित उनको निवासमा निधन भएको थियो। उनी ९६ वर्षकी थिइन् ।

रानीको कफिनलाई बिस्तारै अन्त्येष्टि यात्रामा विन्डसर क्यासलमा लगियो, जहाँ उनलाई राज्य सम्मानका साथ दाहसंस्कार गरियो। यस कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वभरका करिब ५०० नेता तथा राजपरिवारका सदस्यहरु सहभागी भएका छन् ।

रानी एलिजाबेथ द्वितीयको कफिनलाई कारद्वारा ३२ किलोमिटर टाढाको विन्डसर क्यासलमा लगिएको छ, जहाँ उनलाई उनका पति, प्रिन्स फिलिपको छेउमा गाडिनेछ। रानीको कफिनको अन्तिम शव यात्राको क्रममा, उनको अन्तिम विदाई गर्न हजारौं मानिसहरू बाटोमा भेला भएका थिए।

महारानी एलिजाबेथ द्वितीयको कफिन वेस्टमिन्स्टर एबेको ग्रेट वेस्ट डोर बाहिर लगिएको छ। अब यसलाई राज्यको बग्गीमा वेलिंगटन आर्कमा लगिनेछ। जहाँ उनको पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिने छ ।

सम्बन्धित समाचार