बुधबार , अषोज १०, २०८०

बुधबार , अषोज १०, २०८०

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

image

काठमाडौं, भदौ २३ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ।

उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो।

हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इण्डिज पुग्नुभएका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताउनुभयो।

उहाँले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो। फोन वार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताउनु भयो।

उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्नुभयो ।आईसीसीलाई यस बारेमा जानकारी गराएको र आईसीसी गम्भीर रहेको उहाँकाे भनाइ छ। उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेकोसमेत बताउनुभएको छ । गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने उहाँकाे भनाइ छ ।

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेसँग बुधबार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेको क्यानले जनाएको छ । एक १७ वर्षीया किशाेरीले आफूलाई क्रिकेटरले जबरजस्ती करणी गरेको भन्दै मंगलबार बलात्कारको उजुरी दर्ता गरेकी छन् । गोरखापत्र

सम्बन्धित समाचार