सोमबार , बैसाख १७, २०८१

सोमबार , बैसाख १७, २०८१

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई सोमबार इजलासमा पेश गर्न सर्वोच्चको आदेश

image

काठमाडौं- सर्वोच्च अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित ललिता निवास प्रकरणका पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितहरुलाई सोमबार इजलासमा पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले आइतबार संक्षिप्त सुनुवाइपछि पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरुलाई इजलासमा पेश गर्ने आदेश दिएको हो ।

आइतबार समय अभावका कारण सुनुवाइ नसकिने अवस्था देखिएपछि इजलासले सोमबार प्राथमिकताका साथ पेशी व्यवस्थापन गर्न आदेश दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराउने अनियमितता पक्ररणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले १७ जनालाई पक्राउ गरेर किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।तीमध्ये सचिव राउतसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।

सर्वोच्चले यसअघि पक्राउ नगर्न अन्तरिम आदेश पाएका टिकाराम घिमिरेसहित १७ जनाको रिट निवेदन पनि साथै राखेर सोमबारको इजलासमा पेश गर्न आदेश दिएको छ । उक्त आदेशका कारण सीआईबीले पक्राउ गरिसकेका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए । एन.टि.भी.

सम्बन्धित समाचार