शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

संवैधानिक परिषद्को बैठक विना निश्कर्ष टुङ्गियो

image

काठमाडौं- संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको बताईएको छ । अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहन्थ्यो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो । एन.टि.भी.

सम्बन्धित समाचार