बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्नुहुँदै, आजै अपरान्ह मन्त्रीहरुको सपथ

image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैहुनुहन्छ । आज नियुक्त गरिने मन्त्रीको शपथ आज अपराह्न तीन बजेको लागि तोकिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । त्यसबखत ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्नुभएको थियो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल जारी नै छ । अहिले पनि बालुवाटारमा छलफल जारी रहेको बताईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको थियो ।

आज प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको नेताहरुले जानकारी दिनुभएको छ ।

काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । प्रधानमन्त्री दाहाल काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा हुनुहुन्छ ।

सम्बन्धित समाचार