मंगलबार , बैसाख १८, २०८१

मंगलबार , बैसाख १८, २०८१

खर्च कम गर्न र खानपानमा ध्यान दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

image

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गर्नुभएको छ । विसं २०७९ को तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उहाँले यी पर्वले सबैमा सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका विभिन्न क्षेत्र तथा समुदायमा पौराणिककालदेखि मनाउँदै आइएका चाडपर्वको आ–आफ्नै मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उहाँले एक समुदायमा रहेको धार्मिक, परम्परागत, सांस्कृतिक तथा ऐतिहासिक विविधताको अर्को समुदायले सम्मान गर्नुपर्ने बताउनुभयो ।

‘संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्रका रुपमा उल्लेख गरेको छ, जसबाट नेपाली समुदायमा पहिचानसहित सबै किसिमका धर्म संस्कृतिको संरक्षण गर्ने अवसर प्राप्त भई राष्ट्रिय एकता मजबुद बनाउनसमेत भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

मौलिक चाडपर्व मनाउने प्रक्रिया आजभोलि अरूको देखासिकी गर्नेतर्फ अघि बढेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले आ–आफ्नो आर्थिक अवस्थाअनुसार खर्च मितव्ययिता कायम गर्न र खानपानमा ध्यान दिनसमेत आग्रह आग्रह गर्नुभएको

सम्बन्धित समाचार