बुधबार , साउन २, २०८१

बुधबार , साउन २, २०८१

२८ लाख भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ

image

कूल २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । —

सम्बन्धित समाचार