काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रहरीको जिम्मामा राखेको छ।
आजको थुनछेक बहस नसकिने कारण उनलाई प्रहरी हिरासतमा राखिएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई १० बजे इजलासमा उपस्थित गराउने आदेश दिएका छन्। स्रेस्तेदार रामु शर्माले बताएका अनुसार लामिछानेको बयान आज लिइएको थियो र उनी भोलि १० बजे इजलासमा पुनः उपस्थित गराइने छन्।