फाइल फोटो
फोटो : फाइल फोटो
काठमाडौँ, २९ माघ – काठमाडौंको काँडाघारीबाट ठूलो मात्रामा रक्तचन्दन बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान उक्त इलाकामा विशेष अपरेसन सञ्चालन गर्दै चार क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद गरेको हो।
प्रहरीका अनुसार, बरामद रक्तचन्दन बोरामा प्याक गरिएको अवस्थामा लुकाईएको थियो। बरामद गरिएको रक्तचन्दनको कुल तौल ४ सय ६२ किलो रहेको जानकारी प्राप्त भएको छ।
रक्तचन्दनको तस्करी रोक्नका लागि प्रहरीले हालै तीव्र निगरानी बढाएको छ र यसरी ठूलो परिमाणमा रक्तचन्दन बरामद हुनु यस विषयमा प्रहरीको सफलता मानिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको बताएको छ।