बुधबार , माघ २२, २०८२

बुधबार , माघ २२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता

image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ। चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले यो प्रकरणमा १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार, यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको छ। सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।

यसअघि पनि लामिछाने कास्की, काठमाडौँ, र रुपन्देहीका सहकारी ठगी प्रकरणमा धरौटी रकम बुझाएर छुटेका थिए। अब चितवन जिल्ला अदालतमा थुनछेक बहस हुनेछ।

सम्बन्धित समाचार