फोटो : पीजे क्लवको फेसबुक पेजबाट
काठमाडौं- नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरोमा पुरिएर बसमा सवार १४ जनाको मृत्यु भएकोछ ।
नागढुंगा प्रहरी प्रभागका अनुसार पहिरो पन्छाउने क्रममा लु १ ज ४५७८ नम्बरको यात्रुवाहक विंगर बस पहिरोले पुरिएको अवस्थामा भेटिएको हो । उक्त बस बुटवलबाट काठमाडौं लागि शुक्रबार बिहान नै हिँडेको थियो ।
१३ यात्रु लिएर बुटवलबाट काठमाडौंका तरफ आउँदैगरेको बसका चालक सहित १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पश्चिम नेपाल बस व्यवसायी समितिले दिएको जानकारी अनुसार शुक्रबार राति नै पहिरोमा पुरिएको भएको पनि गाडी र यात्रु शनिबार मात्र फेलापरेको हो । पुरिएको बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये हालसम्म चालक रमेश लुइँटेल, बुटवलकी सिर्जना कुँवर र प्रकाश कुँवरको मात्र पहिचान खुलेको छ ।