बुधबार , अषोज ३०, २०८१

बुधबार , अषोज ३०, २०८१

राखेपका सदस्यसचिव र मुख्य प्रशिक्षकबीच छलफल

image

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसंग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा बिहीबार सामूहिक छलफल गरेका छन् ।

छलफलका क्रममा सदस्यसचिव घिसिङले प्रशिक्षकहरुलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्न सुझाउँदै आवश्यकता अनुसार समय-समयमा रिफ्रेसर कोर्ष गर्नुपर्नेमा जोड दिएकाछन् । उनले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए । सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा महिनामा एक पटक बैठक राख्ने समेत बताए ।

छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबल लगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।

छलफलमा सहभागी मुख्य प्रशिक्षकहरुले आ-आफ्नो खेलको अवस्था बारे जानकारी गराउदै समस्या बारे अवगत गराएका थिए ।

सम्बन्धित समाचार