सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हराउँदै लगातार जित दर्ता गराएको हो ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ ओभर ५ बल खेल्दै ९४ रनमा समेटियो ।
काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।
यसअघि सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ रन बनाउन सफल भए । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो ।
यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो ।
यसअघि आजै बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
आजै भएको पहिलो खेलमा पोखरा एभेञ्जर्सलाई सात विकेटले हराउदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित गर्यो । जितका लागि पोखराले दिएको एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । .ज
नकपुरका लागि श्रीलङ्कन खेलाडी मिलान्थाले ४५ रन बनाए । यस्तै जेम्स निसमले अविजित ४० रन बनाउन सफल भए ।
जनकपुरले यसअघि यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो ।
पाखराको भने यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । एन.टि.भी.