बुधबार , अषोज ३०, २०८१

बुधबार , अषोज ३०, २०८१

स्ट्याग टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा

image

काठमाडौं- स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन २ को सेमिफाइनल समीकरण पूरा भएकोछ । बिहीबार राउन्ड रोविन लिगको सबै खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेकोछ ।

सेमिफाइलनमा साविक उपविजेता नेपाल प्रहरी क्लबले नेपाल एपीएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस एकेडेमीले आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमी विरुद्ध खेल्नेछ । सेमिफाइनल पुगेका ४ टोली मध्ये एपीएफले मात्र विदेशी खेलाडी अनुबन्ध गरेको छैन । बाँकी तीन टिमले समान २-२ भारतीय खेलाडीलाई आफ्नो टिममा समावेश गरेकाछन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा लिगको अन्तिम दिन नेपाल प्रहरी ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपीएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहेको हो । ७ टिम सहभागी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंकसाथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए ।

सेमिफाइनल चरणको सबैखेलहरु शुक्रबार हुनेछ ।

सम्बन्धित समाचार