सोमबार , बैसाख १७, २०८१

सोमबार , बैसाख १७, २०८१

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री भेटवार्ता

image

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।
थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उहाँहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गर्नुभएको छ । भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ । एन.टि.भी.

सम्बन्धित समाचार