काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।
अदालतले अन्य मुद्दा चलेका जिल्लामा आफैं उपस्थित हुने सर्तमा उहाँलाई परिवारको जिम्मा लगाएको हो। लामिछानेले अदालतले तोकेको धरौटी बुझाएर आजै रिहा हुनु भएको छ।