राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि न्यायिक हिरासतमा राखिने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जारी थुनछेक बहस आज पनि नसकिने भएपछि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आजपनि हिरासतमा राख्ने आदेश गरेको हो।
अदालतले भनेको छ कि भोलि सार्वजनिक विदा परेको कारण लामिछाने पर्सिसम्म हिरासतमै रहनु पर्नेछ। अब बुधबार मात्र थुनछेकको बाँकी बहस हुने अदालतले जनाएको छ।
लामिछाने गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका थिए, तर त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा नयाँ मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार अदालतमा आफैं उपस्थित भएका थिए।