शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

मलाला युसुफजाईले आफ्नो पहिलो चलचित्र Apple TV+ सँग बनाउने

image

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईको फिल्म निर्माण कम्पनी ‘एक्स्ट्राकरिक्युलर’ ले डिजिटल प्लेटफर्म (ओटीटी) एप्पल टिभी+सँगको सहकार्यमा पहिलो फिल्म बनाउने घोषणा गरेको छ । मलालाले गत वर्ष Apple TV+ सँग सम्झौता गरेकी थिइन्। यो सम्झौता अनुसार चलचित्र र टेलिभिजन सिरियल निर्माण हुने थियो ।

यस सम्झौता अन्तर्गत नाटक, कमेडी, डकुमेन्ट्री, एनिमेसन र बालश्रृङ्खला निर्माण गरिने मनोरञ्जन वेबसाइट ‘भ्याराइटी’ले जनाएको छ । पाकिस्तानी मूलकी अधिकारकर्मी मलालाले ओस्कार विजेता एडम म्याकेको फिल्म निर्माण कम्पनीसँग मिलेर फिल्म निर्माण गर्ने भएकी छन् ।

यस फिल्मको नाम ‘डिसोरिएन्टेशन’ हुनेछ । यो फिल्म एलेन सिह चाउको सोही नामको पुस्तकमा आधारित छ।

मलाला युसुफजाईले गत वर्ष मात्र अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक पूरा गरेकी थिइन्। त्यसपछि उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

युसुफजाईले गत वर्ष पाकिस्तान क्रिकेट बोर्डका अधिकारी असर मलिकसँग बेलायतमा विवाह गरेका थिए । मलालाले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक गरेकी छन्।

सम्बन्धित समाचार