मंगलबार , बैसाख १८, २०८१

मंगलबार , बैसाख १८, २०८१

सर्वोच्चद्वारा काठमाडौंमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश

image

काठमाडौं – काठमाडौंमा माइतीघर लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

माइतीघर लगायतका क्षेत्रमा निषेधित क्षेत्र कायम गर्ने आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जारुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश आदेश दिएको हो ।

विपक्षीहरुको लिखित जवाफ पेश भएपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाई हुने र अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता नेपाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी रिट दर्ता गर्नु भएको थियो ।

रिटमा उत्प्रेषण आदेशबाट उक्त निषेधित क्षेत्रको आदेश खारेजीको माग गरिएको छ । एन.टि.भी.

सम्बन्धित समाचार