सोमबार , बैसाख १७, २०८१

सोमबार , बैसाख १७, २०८१

प्रचण्डले आज नेपाल–चीन बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्नुहुँदै

image

काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाङचाउबाट चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।

अमेरिकाबाट चीन आएपछि भ्रमणको पहिलो दिन हिजै चिनिया राष्ट्रपति सी चीन फिङसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्नुभएको हो ।

बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्नुहुने कार्यक्रम छ । चीनस्थित नेपाली दूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

सो लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

प्रधानमन्त्री आजै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री दाहालले भोलि चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ । त्यस्तै भोलि नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ ।

सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ । द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नुहुने छ ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल यही असोज १३ गते नेपाल फर्कनुहुने कार्यक्रम छ । एन.टि.भी.

सम्बन्धित समाचार