सोमबार , बैसाख १७, २०८१

सोमबार , बैसाख १७, २०८१

प्रेस विज्ञप्ति

image

बिलियन्त भक्तपुर फोटो प्रदर्शनी

२०८० फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्र

भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली उहा“का छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेको भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा सगसगै यहा“को रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी आयोजना हुने भएको छ ।
बनेपाली परिवारको तीन पुस्ताले फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहा“को परिवर्तित जिवनशैलीमात्र झल्काउ“दैन यहा“का सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ जनाउछन् । यसले भक्तपुरको सा“स्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तन समेत उजागर गर्ने हामीले विश्वास लिएका छौं ।
प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवत ⁄ भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्छ । प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नया“ पुस्तालाई जानकारी मिल्नेछ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सधाउन टेवा दिने हामीले बिश्वास लिएका छौं ।

भक्तपुर पर्यटन विकास समिति
द्यत्म्ऋ सन् १९९७ मा स्थापना भएको गैरसरकारी संस्था हो । भक्तपुरका पर्यटन ब्यवसायीहरुको सक्रियतामा स्थापना भएको यस द्यत्म्ऋ ले स्थानीय समुदायको सहभागितामा भक्तपुरको समग्र विकासको लागि दिगो पर्यटनका विभिन्न गतिविधि गदै आएको छ । द्यत्म्ऋ दिगो र स्वस्थ पर्यटन विकासले काम सा“स्कृतिक शहर भक्तपुरको समग्र विकास गर्न सकिन्छ भन्ने कुरामा प्रतिबद्व रहदै आएको छ ।

स्व. बद्री प्रसाद बनेपाली
वि.सं. १९७२ सालमा जन्मनु भएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो ब्यवसायिक फोटोग्राफर हुनुहुन्छ । १४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि केही बर्ष सम्म धर धरमा गई फोटो खिच्नु भयो । उहा“ले वि.सं. २०१० मा आफनै धरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा ब्यावसायिक फोटोग्राफी सुरु गर्नुभएको थियो । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० बर्ष अधि खिच्नु भएको तस्वीरहरु रहने छन् ।

केदार प्रसाद बनेपाली
बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गर्नुभएको थियो । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गर्नु भएको केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता हुनुभयो । २०६६ सालमा टेलिभिजन रिपोर्टि∙ छोडेर आफनै दत्तात्री स्टुडियोमा आवद्व हुदै आउनु भएको छ । प्रदर्शनीमा करिव ५० बर्ष अधि केदारले खिचेका तस्वीरहरु राखिनेछन् ।

सुनी बनेपाली
बुबा केदार स“ग फोटोग्राफी सिक्नु भएको सुनी, भक्तपुरको पहिलो महिला फोटो पत्रकार हुन् । उहा“ले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाण्डौको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गर्नुभएको थियो । उहा“ले करिब ३० बर्ष अधि खिच्नु भएको फोटोहरु प्रदर्शनीमा रहनेछन् ।

किसन बनेपाली
बुबा केदार र दिदी सुनीको स“गत र प्रेरणाले गर्दा किसनले पनि १२ बर्षको उमेरमै फोटोग्राफी सुरु गर्नु भयो । बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गर्नुभएका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गर्नु भयो । उहा“ हाल हजुर बुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको ब्यवस्थापन हेर्दै आउनुभएको छ ।

भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन स“गै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् ।

विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्धाटन भक्तपुरका बरिष्ठ राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुहुने छ । २ दिने प्रदर्शनी विहान १० देखी बेलुका ५ बजेसम्म खुल्ला रहनेछ ।

मिति ः २०८० फागुन १२ गते

दीपेशराज शर्मा
अध्यक्ष
भक्तपुर पर्यटन विकास समिति

सम्बन्धित समाचार