बिहिबार , बैसाख २०, २०८१

बिहिबार , बैसाख २०, २०८१

कोशी प्रदेश सरकारको वैधानिकताको विवाद अब पूर्ण इजलासमा

image

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो । न्यायाधीशद्वयले आज सुनुवाइ सकिसकेपछि यो रिटलाई पूर्णइजलासबाट टुंग्याउने निर्णय लिनु भएको हो ।

यसअघि भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन । त्यसअघि भदौ ७ गते पनि मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो ।

खतिवडाले विश्वासको मत लिएको प्रक्रिया नमिलेको बताउदै कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल झिकाउन निर्देशन दिनु भएको थियो । मुद्दाको अर्को पेशी आजलाई तोकिएको छ । एन.टि.भी.

सम्बन्धित समाचार