बिहिबार , बैसाख ३, २०८३

बिहिबार , बैसाख ३, २०८३

काठमाडौंसहित आसपासका जिल्लामा भूकम्पको धक्का

image

सोमबार साँझ काठमाडौं र आसपासका जिल्लामा भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, चीनको तिब्बत क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प बेलुका ६ बजेर ४२ मिनेटमा आएको थियो।

यस भूकम्पको धक्का नेपालसहित बंगलादेश र भारतका केही क्षेत्रहरूमा पनि महसुस भएको थियो। यो भूकम्प पुस २३ गते चीनमा ७ म्याग्निच्युडको भूकम्प आएको घटनासँग सम्बन्धित एक अर्को भूकम्पीय गतिविधि हो। यस क्षेत्रका भूकम्पीय गतिविधिहरू निरन्तर जारी रहेको र थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार