शुक्रबार , फागुण २९, २०८२

शुक्रबार , फागुण २९, २०८२

सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय

image

सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १:०० बजेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्को आगामी अधिवेशन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पनि प्रतिपक्ष दलहरूले संसद् कहिले बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै अब माघ १८ गते संसद् बोलाइएको जानकारी दिनुभयो।

यस निर्णयले प्रतिपक्ष दलहरूको प्रश्नको जवाफ दिएको छ।

सम्बन्धित समाचार