बिहिबार , माघ २, २०८२

बिहिबार , माघ २, २०८२

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

image

काठमाडौँ: नेपाली काँग्रेसले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरेपछि पार्टीभित्र विवाद चर्किएको छ। काँग्रेसले यसअघि नियमित महाधिवेशन वैशाख २८ गतेदेखि गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

महामन्त्री पक्ष विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै आएको छ भने संस्थापन पक्ष नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले त्यसको आवश्यकता नरहेको बताउँदै आएको छ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको प्रस्ताव बुझाएपछि विवाद थप जटिल बनेको छ। विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी गरेका छन्।

सम्बन्धित समाचार