संखुवासभा- खाँदबारी रन खुला दौड प्रतियोगिता नेपाल आर्मीका चन्द्रमान राईले जितेका छन् । स्थानीय पर्यटन प्रवर्द्धनका लागि खाँदबारी युथ क्लब द्वारा बिहीबार आयोजित प्रतियोगितामा राई प्रथम भएका हुन् ।
प्रतियोगितामा आर्मीका कै नवराज बुढा दोश्रो सुरेन्द्रकिरण राई तेस्रो भए ।
त्यस्तै खुलातर्फ संखुवासभाका तिलक राई प्रथम भए । पाँचथरका स्काई लिम्बु दोस्रो र पाँचथरकै विशाल राई तेस्रो भए । महिला तर्फ संखुवासभाकी सुनकला राई प्रथम, भोजपुरकी विनिता राई दोस्रो र जुही राई तेस्रो भए ।
प्रतियोगितामा पुरुष र महिला गरी २ सय ७५ जनाले सहभागीता जनाए । विभागीय तर्फका सहभागीले १२ किलोमिटर दूरी पार गरेका थिए भने पुरुष र महिला खुला तर्फ का सहभागीले ८ किलोमिटरको दूरी पार गरेका थिए ।
प्रत्येक विधाका विजेताले १० हजार, उपविजेताले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाछन् ।
तस्बिर सौजन्य: विपिन श्रेष्ठ