काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपाली संस्कृतिका अवैतनिक राजदूत भएको बताएकाछन् ।
काठमाडौँ विश्व विद्यालय अन्तर्गतको हिमालय एसियाली अनुसन्धान केन्द्रको संयोजनमा भएको १२ दिने कार्यशालाको समापन गर्दै मन्त्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको अध्येता भोलिका दिनमा नेपाली संस्कृति र सम्पदाहरू विश्वलाई चिनाउने अवैतनिक स्थायी सांस्कृतिक राजदूत हुने बताए ।
कार्यक्रमलाई संस्कृत भाषामा सम्बोधन गरेका मन्त्री पाण्डेले यस किसिमका कार्यशाला नेपालमा आयोजना हुनुले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने बताए । कार्यशालामा थियो ।
कार्यशालामा नेपालको इतिहास र संस्कृतिमा केन्द्रित रही अध्ययन गर्न १० भन्दा बढी देशका अध्येताको सहभागिता थियो ।