आइतबार , बैसाख २३, २०८१

आइतबार , बैसाख २३, २०८१

प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

image

काठमाडौँ– प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते म‌गलबार राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ” यही पुस १० गते मेरो १ बर्ष पुरा हुन्छ । १० गतेको दिन नै राष्ट्रका नाममा सम्बोधन गर्नेछु र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता गरेको छु” ।

प्रधानमन्त्री प्रचण्डले एक बर्षमा के गर्ने भनि प्रतिवद्धता गरे अनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर गरेर भएपनि कामलाई गति दिने बताउनु भयो ।

मन्त्रालयले गरेका कामहरूबारे अहिले आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालयहरु पनि रहेको भन्दै त्यस्ता मन्त्रालयमा मन्त्री हेरफेर गरिने उल्लेख गर्नुभयो ।

‘मन्त्रीहरूलाई बोलाएर के-के काम भएको छ भनेर जानकारी लिएको छु। केही मन्त्रालयमा प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने छु । एन.टि.भी.

सम्बन्धित समाचार