सोमबार , बैसाख १७, २०८१

सोमबार , बैसाख १७, २०८१

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुट्यो,यादव सहितका नेताहरु माओवादी केन्द्रमा

image

काठमाडौँ- बाबुराम भट्टराई नेतृत्वको गरेको नेपाल समाजबादी पार्टीमा फुट देखिएको छ । पार्टीबाट प्रतिनिधि सभा सांसद समेत रहेका महिन्द्र राय यादव समूह अलग्गिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव समूहबीच एकता भएको छ ।

आज दुई पार्टी बीच एकता भएको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । यो संगै माओवादीकै पूर्व नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानाराण श्रेष्ठ सहितका नेता पार्टी बिभाजन गरी माओवादी केन्द्रसंग एकिकरणमा जानुभएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको थियो ।

दुई पार्टीबीच भएको चार बुँदे सहमतिपत्रमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनबाट टुङ्गो लगाउने उल्लेख छ । एन.टि.भी.

सम्बन्धित समाचार