शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

बुढीगण्डकी आयोजनाका प्रभावित परिवारलाई मुआब्जा वितरण

image

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावितहरुले घर गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा रकम पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुर्नबास तथा पुर्नस्थापना इकाईका अनुसार हालसम्म कुल चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ ।
दोश्रो पटक दुई हजार छ सय घर प्रभावितहरुको खातामा तीन अर्ब दुई करोड रुपैयाँ पठाइएको आयोजनाका संयोजक डा. जगतकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘गोरखा र धादिङ दुबै जिल्लाका प्रभावितहरुको निवेदनका आधारमा हामीले दुई चरणमा रकम भुक्तानी गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब झण्डै एक हजार जनाको निवेदन बाँकी छ । एक डेढ हप्तामा उहाँहरुको खातामा पनि रकम जान्छ ।’ यस अघि पहिलो चरणमा आठ सय व्यक्तिको खातामा एक अर्ब ७० करोड रुपैयाँ पठाइएको उहाँले जानकारी दिनुभयो ।
हालसम्म अन्य व्यक्तिले आवेदन नदिएको कार्यालयले जनाएको छ । दिएकाहरु मध्ये पनि कतिपयलाई मुआब्जा दिन समस्या भएको छ । कतिपय प्रभावितको घर गोठ फलफूल र बोटबिरुवाको विवरण अन्य व्यक्तिको नाममा दर्ता भएकाले समस्या भएको उहाँले बताउनुभयो । ‘
अरुको जग्गा भाडामा लिएर घर बनाइ बसेका व्यक्तिलाई पनि मुआब्जा दिन समस्या भएको छ । त्यस्ता व्यक्तिको जग्गा धनिले रकम पाउने घर घरधनीले नपाउने अबस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो । ‘लगत संकलन गर्दा जग्गा मालिकको दर्ता छ, घर मालिकको छैन,’ डा.श्रेष्ठले भन्नुभयो,‘यस्तो अबस्थामा उहाँलाई कसरी मुआब्जा दिने भन्ने कठिन्याइँ सिर्जना भएको छ ।’
गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी आयोजनामा सरकारले आर्थिक वर्ष २०७८-०७९ मा छ अर्ब ८० करोड विनियोजन गरेको थियो । उक्त रकम मुआब्जा वितरणमा खर्च भएको छ । गोरखा र धादिङका २४ हजार ५५५ घर सहित अन्य भौतिक संरचना, बोट बिरुवा र फलफुलको मुआब्जा वितरण गर्नुपर्ने आयोजना कार्यालयले संकलन गरेको लगतमा उल्लेख छ । घर गोठ र बोट बिरुवाको मुआब्जा वितरणको लागि झण्डै १० अर्ब लाग्ने अनुमान कार्यालयले गरेको छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिर लगायतको मुआब्जा वितरणमा पनि समस्या छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिर लगायतको मुआब्जा वितरणमा पनि समस्या छ ।
आर्थिक वर्ष २०७९-०८० लागि आठ अर्ब बजेट विनियोजन भएको छ । उक्त रकमले बाँकी मुआब्जा वितरण र पुर्नबास तथा पुर्नस्थापनाको लागि खर्च गर्ने योजना छ । जग्गाको अन्तिम चरणमा छ । हालसम्म ४८ हजार ९४९ रोपनी जग्गाको मुआब्जा वितरण गर्दा ३४ अर्ब छ करोड रकम वितरण भइसकेको छ ।
मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेपनि पुर्नबास र पुर्नस्थापनाको टुंगो नलाग्दा प्रभावित भने अन्यौलमा छन् । पुर्नबास र पुर्नस्थापनका लागि तत्काल काम सुरु गर्नुपर्ने देखिन्छ । गोरखापत्र

सम्बन्धित समाचार