शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोड ३३ लाखभन्दा बढी अनियमितता

image

काठमाडौं- मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । यही विषयमा अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।

सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ रुपैया नोक्सान पुर्‍याएको भन्दै अख्तियारले प्रदेश सचिव भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दास, ओम सत्य साई प्रा.लि. वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध हिजो भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आरोपितहरु प्रदेश सचिव भुसालसँग १० करोड ३३ लाख ७५८ जरिवाना र कैद सजाय, सीडीई झालाई सोहीबराबर बिगो, कैद सजाय र जरिवाना गर्न मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । एन.टि.भी

सम्बन्धित समाचार