बुधबार , फागुण २०, २०८२

बुधबार , फागुण २०, २०८२

यसपाली दशैं टीकाको उत्तम साइत बिहान ११.३६ बजे

image

काठमाडौं- नेपाल पञ्‍चांग निर्णायक समितिले २०८१ सालको दसैंसँग सम्बन्धित साइत सार्वजनिक गरेको छ ।

समितिले शुक्रबार सार्वजनिक गरेको साइत अनुसार यस वर्षको दशैंको टीका ग्रहणको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेट रहेको छ । विजया दशमी असोज २६ गते शनिबार परेको छ।

घटस्थापनाका लागि उत्तम समय असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेट रहेको छ ।

त्यस्तै झण्डा फेर्ने (पश्चिम मोहडा) समय १८ गते शुक्रबार बिहान ९.१४ बजे, फूलपाती भित्र्याउने २५ गते बिहीबार बिहान ७.११ बजे रहेको समितिले सार्वजनिक गरेको छ । सामान्यतया देवीको प्रसाद लगाउन साइतकै आवश्यकता नपर्ने पनि समितिले उल्लेख गरेको छ ।

यो वर्षको दशैँ असोज ३० गते बुधवार कोजाग्रत पूर्णिमाको दिन सकिनेछ ।

संलग्न फाइलहरू :

Download/ Full Screen : दशैं साइत

सम्बन्धित समाचार