टोकियो, जापान — जापानले स्वच्छ ऊर्जातर्फ ठूलो फड्को मारेको छ। नयाँ पेरोभ्स्काइट सोलार सेल प्रविधिको विकास गर्दै, जापानले २०४० सम्ममा यस्ता हल्का र लचिलो सौर्य प्यानलहरूबाट २० आणविक रिएक्टर बराबरको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
यी प्यानलहरू झ्याल, पर्खाल, तथा सडक बत्तीजस्ता सतहमा कोटिंग गर्न मिल्ने गरी डिजाइन गरिएका छन्, जसले सामान्य सतहहरूलाई पनि ऊर्जाको स्रोतमा रूपान्तरण गर्नेछ।
यस परियोजनाका लागि जापान सरकारले २० अर्ब डलरको लगानी गरेको छ भने, पेरोभ्स्काइट उत्पादनमा चाहिने आयोडिन जापानमै प्रचुर मात्रामा उपलब्ध भएकाले स्वदेशी स्रोतको सदुपयोग पनि हुने अपेक्षा गरिएको छ।
यो प्रविधि जापानको २०३० सम्म कुल ऊर्जा उत्पादनको ३८% नवीकरणीय स्रोतबाट प्राप्त गर्ने लक्ष्यमा महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।