शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

सामाजिक विकास मन्त्रालयद्वारा स्वास्थ्य उपकरण प्रदान

image

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आज धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ चिकित्सक सहित वडा क्लिनिक सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले सो उपमहानगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले नगरप्रमुख गोपाल हमाललाई एउटा अल्ट्रासाउन्ड मेसिन, रगत चेकजाँच गर्ने प्रोटटेबल ल्याब मेसिन र मुटुको जाँच गर्ने इसिजी मेशिन गरी रु साढे २५ लाख बराबरका उपकरण हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा मन्त्री बोहराले सामाजिक विकास मन्त्रालय हातेमालो गरी काम गर्न सदैव तत्पर रहेको बताउनुभयो । नगर प्रमुख उपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्ने उहाँको भनाइ छ ।

नगरप्रमुख हमालले यो कार्यक्रमलाई प्रभावकारी ढङ्गले प्राथमिकताका आधारमा अगाडि बढायाँै भने जनतालाई प्रदेश र स्थानीय दुवै सरकारको अनुभूति हुने बताउनुभयो । उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्ने नीति लिएको छ ।

सम्बन्धित समाचार