आइतबार , बैसाख २३, २०८१

आइतबार , बैसाख २३, २०८१

माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

image

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको पहल अघि बढाउन पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकतामा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय, तीनकुनेमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार र राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता-ध्रुवीकरण गर्दै जाने निर्णय गर्दै समिति गठन गरेको हो ।

संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह रहनु भएको छ ।

यस्तै बैठकले संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार