शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

मनोहरामा चरा अभिलेखिकरण सम्पन्न, संजय था नेतृत्वको टोलीले भेटाए ८४ प्रजातिका चरा ।

image

देशैभरी चरा गणना कार्य हुँदै गर्दा मध्यपुर क्षेत्र भएर बग्ने मनोहरा नदिको ततिय भाग र आसपासका क्षेत्रहरूमा पनि जलपंक्षीहरुको लगत अभिलेख राख्ने कार्य सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका वडा न ८ निवासी ख्यातिप्राप्त बन्य जन्तु फोटोग्राफरर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलिले मंगलबार २०७९ – ९ – २६ गते मनोहरा आसपासका स्थानीय तथा रैथाने चराहरूको अभिलेखिकरण सम्पन्न गरेको हो। मंगलबार मनोहरा नदिको उदगम बिन्दु शाली नदि आसपास बाट सुरु गरीएको गणनामा संजय नेतृत्वको टोलीले जलपंक्षी सहित कुल ८४ प्रजातिका आगन्तुक तथा स्थानीय प्रजातिका पछिहरू फेला पारेको छ । बिहान ८:३० बजे बाट सुरु भएको गणना बेलुकि ४:३० बजे सम्म रहेको थियो । संजय था नेतृत्वको टोलीमा फोटोग्राफर चन्द्र चक्रधर, फोटोग्राफर बिनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, बिद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, बिक्की अदुवा र शैलेन्द्र भासिंक समावेश रहेका थिए ।

बन्यजन्तु फोटोग्राफर तथा टोलीका संयोजक संजय था श्रेष्ठले यस पटकको गणनामा बिगतमा भन्दा कम संख्यामा अभिलेखिकरण भएको मध्यपुर डायरी संबाददाता लाई जानकारी दिनुभयो । बढ्दो शहरीकरण र मानबीय हस्तक्षेप आदि कारणले पछिल्लो समय चराहरुको संख्यामा उल्लेख्य कमी आईरहेको टोलीको निष्कर्ष छ । शहरीकरण र मानबीय हस्तक्षेप आदि कारणले चराहरूको बासस्थानमा क्षति पुगेको टोली संयोजक संजय था श्रेष्ठको बुझाई छ । उनका अनुशार खोला आसपासका क्षेत्रमा बढ्दो निर्माण र डोजर र ड्रिल आदिको बढ्दो प्रयोगले चराचुरुङ्गीको बासस्थान बिनास गर्दै लगेको पाईएको छ ।

जल पंक्षीहरुको संख्यामा कमी आउनुको अर्को कारक तत्व भनेको खोलाको पानी प्रदुषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याक्ने चलन, ढल मिसाउने, बिभिन्न उद्योग कलकारखाना आदिबाट बिना फिल्टर वा प्रशोधन गरी नदिमा सिधै पानी बिर्सजन गर्ने कुप्रथा आदिले पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाब हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको अर्का फोटोग्राफर चन्द्र चक्रधरको भनाई छ। नदि प्रदुषणले गर्दा पारस्थितिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको संख्यामा कमी आएको छ ।

मनोहरा क्षेत्रको अर्को ठूलो समस्या भनेको यहाँ दिन दाहडै हुने गरेको बालुवा तस्करी हो जस्ले चराहरूको संख्यामा कमी आएको छ। बालुवा तस्करीका कारण खोला आसपास मानबीय गतिबिधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाब हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठको बुझाई छ ।

बास्तबमा चराहरूको संख्यामा आएको कमीलाई मानबहरुको लागी नजिकिंदै गएको खतराको रूपमा बुझ्न जरूरी छ । जाडो याममा साईप्रस र युरोपका बिभिन्न भागहरूदेखि समेत जाडो छल्नका लागि आईपुग्ने आगन्तुक चराहरु तथा स्थानीय चराहरूको संख्यामा आयको कमीलाई स्थानीय निकायहरूले समेत गम्भीर भएर सोच्न जरूरी देखिन्छ । मानिस बाहेक अरु प्राणीहरूको पनि पृथ्वी साझा घर हो भनि बुझ्न नसक्नु र चौडा बाटो र अग्ला घरहरूलाई मात्रै बिकास ठान्ने सानो सोचहरू लाई नत्यागेसम्म पृथ्वीबाट एक पछि अर्को प्रजाति जिबजन्तु र पशुपंक्षी आदि कमी आउँदै जाने निस्चित छ । उदघाटन र सभा समारोहमा मात्रै ब्यस्त रहने जनप्रतिनिधिहरुले अहिलेको समयमा कमसेकम आआफ्नो स्थानको जिम्मेवारी लिई उचित कदम चाल्न आवश्यक देखिन्छ madhyapurdiary

सम्बन्धित समाचार