शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

image

कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन । जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए ।

आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रारम्भिक विवरणअनुसार जिल्लाको मतदाता सङ्ख्या तीन लाख ८२ हजार ३७ रहेको र अन्तिम विवरण मङ्गलबार साँझसम्म आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निवेदन दिन आग्रह गरिएको

सम्बन्धित समाचार