मंगलबार , बैसाख ११, २०८१

मंगलबार , बैसाख ११, २०८१

लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो

image

बुटवल- लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेको छ ।

मन्त्रालय बाँडफाँट टुंगो लागेसँगै भोलि दिउँसो १ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि बल्ल सरकारले पूर्णता पाउन लागेको हो । मन्त्रालय र मन्त्रीको नाम भने अझैं औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

यसअघि एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री भइसक्नु भएको छ । उहाँहरुलाई जिम्मेवारी दिने र बाँकी मन्त्रीहरुको शपथको तयारी छ । सरकारमा एमालेका चार, माओवादी केन्द्रका तीन, राप्रपा, जनमत लगायत साना दललाई एक एक मन्त्रालय दिनेगरी तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रदेशमा मुख्यमन्त्री सहित दश मन्त्रालय बनाउने निर्णय भएको थियो । तर, सत्ता साझेदार दलहरुको बीचमा सहमति जुटाउन मन्त्रालयको संख्या बढाएर पनि अघि बढ्न दवाव परेको छ । एन.टि.भी.

सम्बन्धित समाचार