बुधबार , बैसाख १९, २०८१

बुधबार , बैसाख १९, २०८१

मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्न ल्याइएको अध्यादेश विरुद्ध रिट दर्ता

image

काठमाडौँ – कोशी प्रदेश सरकारले ल्याएको कोशी कही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

कोशी सरकारले संविधान विपरित मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्न अध्यादेश ल्याएको भन्दै अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो ।

अधिवक्ताद्वयले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गर्नुभएको छ । उक्त रिटको माथिको सुनुवाइ बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ। एन.टि.भी.

सम्बन्धित समाचार