शनिबार , बैसाख २२, २०८१

शनिबार , बैसाख २२, २०८१

प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान

image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

बैठकमा भूकम्प प्रभावितहरुलाई भैरहेको राहत वितरण र उनीहरुको पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ । एन.टि.भी.

सम्बन्धित समाचार