मंगलबार , बैसाख २२, २०८३

मंगलबार , बैसाख २२, २०८३

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण: मन्त्री पौडेल

image

मोरङस्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले प्रभावकारी र भरपर्दो स्वास्थ्य सेवा आवश्यक रहेको बताएका छन्। मोरङको उर्लाबारी स्थित अरनिको हस्पिटलमा सिटी स्क्यान सेवाको उद्घाटन गर्दै उनले निजी क्षेत्रले सस्तो सर्वसुलभ सेवा प्रदान गर्न सके, स्वास्थ्य सेवाको प्रभाव अझ विस्तार हुने उल्लेख गरे।

उनले स्वास्थ्य मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। १२ वर्ष पूरा गरेको अरनिको हस्पिटलले रु चार करोडको लागतमा सिटी स्क्यान सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए।

सम्बन्धित समाचार