काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा सम्मान प्रकट गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा पृथ्वीनारायण शाहको योगदानसँगै एकीकरण अभियानमा समर्पित सबै पुर्खाहरूको योगदानलाई स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।”
यो सन्देशले राष्ट्रप्रति योगदान दिने पुर्खाहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय एकता र गौरवको भावना उजागर गर्ने काम गरेको छ।