बिहिबार , बैसाख २०, २०८१

बिहिबार , बैसाख २०, २०८१

२२१ जना सङ्क्रमित, २०६ सङ्क्रमणमुक्त

image

काठमाडौं, भदौ २० गते । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५८ कोरोना परीक्षण गर्दा २२१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ र दुई हजार ५३९ एन्टिजेन परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०६ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

त्यस्तै, हाल मुलुकमा दुई हजार ४४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ६४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित समाचार