शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

क्यान्सर पिडीत अलगबहादुर विश्वकर्माद्धारा सहयोगको अपिल

image

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–८ डाडाँगाउँका क्यान्सर पिडीत अलगबहादुर विश्वकर्माले सहयोगको अपिल गरेका छन् ।

५२ बर्षीय विश्वकर्मालाई पेटमा आन्द्राको क्यान्सर भएको छ । धरानस्थित घोपा क्याम्प विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार गरिरहेको श्रीमती चन्द्रकला विश्वकर्माले बताईन् । अहिले सम्म क्यान्सर स्पेट–४ पुगेको छ ।

दुई छोरा र दुई छोरी गरि ४ जना र श्रीमानश्रीमती गरि ६ जनाको परिवार छन् । तिमध्ये १ छोरा १ छोरीको विवाहसमेत भईसकेको छ । अहिले एउटी छोरी विराटनगरमा पढ्दैछिन् । श्रीमानको उपचार गर्ने क्रममा पैसा सकिएकाले छोरीको पढाई अगाडी बढाउन समेत समस्या पर्न थालेको चन्द्रकला बताउँछिन् । छोरीलाई कसरी पढाउने र श्रीमानको कसरी उपचार गर्ने भन्ने चिन्ता बढेको उनी बताउँछिन् । श्रीमानलाई क्यान्सर भएपछि उपचार गर्न नै समस्या भएको उनको भनाइ छ ।

उनी भन्छिन्—‘भएको घरजग्गा पनि बैंकमा राखेर उपचार गरिरहेको छु, दिनानुदिन आर्थिक अवस्था कमजोर बन्र्दै गएको छ, अहिले सम्म करिब ११ लाख रुपैया भन्दा बढि खर्च भईसकेको छ । सहयोग दानवीर महानुभावहरुले सकेको सहयोग गरिदिनु हुन अपिल गर्दछु ।’–चन्द्रकलाले भनिन् ।

दैनिक ज्यालामजदुरी र डकर्मीको काम गरी परिवार पाल्र्दै आएका अलगबहादुर आफै बिरामी भएर थलिएपछि समस्यामा परेका हुन् । क्यान्सर पिडीत अलगबहादुर विश्वकर्मालाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले खुलेर सहयोग गरिदिन समेत अपिल गरिएको छ ।
अलगबहादुर विश्वकर्मा
सानिमा बैंक खाँदबारी शाखा कार्यालय
खाता नं. ०१९०११०६०००१७१५

सम्बन्धित समाचार