बिहिबार , बैसाख ३, २०८३

बिहिबार , बैसाख ३, २०८३

केबलकार विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले वार्ता टोली गठन

image

काठमाडौँ, ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले वार्ता टोली गठन गरेको छ। यो टोलीले आजबाट काम सुरु गरेको छ र सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षसँग छलफल गरिरहेको छ।

सरकारी वार्ता टोलीको संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई हुनुहुन्छ, र टोलीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू पनि समावेश छन्। आन्दोलनरत पक्षले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

सम्बन्धित समाचार