बुधबार , बैसाख २६, २०८१

बुधबार , बैसाख २६, २०८१

नोबेल शान्ति पुरस्कार बेलारुसी मानवअधिकारकर्मी र रुस तथा युक्रेनी मानवअधिकारवादी संस्थालाई

image

काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ ।

नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार बेलारुसी मानवअधिकारकर्मीसहित रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरेको हो ।

नोबेल कमिटीले युक्रेन तथा रुसको मानवअधिकारवादी संस्थाले नागरिकको अधिकारका लागि निरन्तर आवाज उठाएको उल्लेख गरेको छ । रुस र युक्रेनको द्वन्द्वमा सयौं हताहत भएका छन् ।

सम्बन्धित समाचार