बिहिबार , फागुण २८, २०८२

बिहिबार , फागुण २८, २०८२

प्राकृतिक विपत्तीमा परी देशभर १ सय ७० को मृत्यु

image

काठमाडौँ- भारी बर्षा पछिको विपदमा परी हालसम्म देशभर एक सय ७० जनाले ज्यान गुमाएकाछन् । यस घटनामा परी ४२ जना बेपत्ताछन् भने एक सय ११ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार तथा राहतको लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको उनले आईतबार आयोजित पत्रकासम्मेलनमा जानकारी दिए ।

ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायतको आपत्कालीन राहत सामग्री उपलब्ध गराइएकोछ भने घाइतेहरूको विभिन्न सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी बताए । ‘यसका साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ । सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ’, उनले भने ।

प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसमेत प्रभावितहरुको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको पनि मन्त्रालयले आयोजित पत्रकासम्मेलनमा जानकारी दिएको छ ।

सम्बन्धित समाचार