शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

वायुसेवा सञ्चालक संघद्वारा नियमित उडान स्थगित गर्ने निर्णय

image

मङ्गलबार संघले पत्रकार सम्मेलन मार्फत आफ्नो ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धारलगायत नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने माग संघको छ ।

यसगरी, त्रि.अ.वि. विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध लगाउनुपर्ने लगायत पाँच बुँदे माग संघले राखेको छ ।

संलग्न फाइलहरू :

Download/ Full Screen :
Download/ Full Screen :

सम्बन्धित समाचार